शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चार देशको रहस्यमय भ्रमणमा पुर्व राजा

सोमबार, ०८ असोज २०७५, ०७ : ४८
सोमबार, ०८ असोज २०७५

 पुर्वराजा ज्ञानेन्द्र विक्रम शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको थाहा भएको छ । 

उनका ती भ्रमणहरु राजनीतिदेखि पारिवारिक र पर्यटकीयसम्म हुनेछन् । 

देशदेशावरको यात्रामा निस्केका ज्ञानेन्द्र शाह अहिले श्रीलंकाको राजनीतिक भ्रमणमा व्यस्त छन् । 

२०७५ भदौ २९ गतेबाट थाइलैण्ड भ्रमणमा निस्केका शाह एक महिना पुरै विदेशमा विताउने छन् । 

२९ भदौमा विदेश भ्रमणमा निस्केका पुर्वराजा शाह ३० असोजमा नेपाल आईपुग्नेछन् । 

यो समयमा उनी थाइलैण्ड, श्रीलंका, भारतदेखि माल्दिभ्ससम्मको यात्रा गर्नेछन् । 

२९ भदौमा थाईलैण्ड निस्केका पुर्व राजा शाहको परिवारले त्यहाँ शुद्ध पारिवारिक भ्रमण सम्पन्न गरेका छन् । 

पुर्व अधिराजकुमारी हिमानी शाहका छोरीहरु पुर्णिका र कृतिकासंग भेटघाट गरेपछि पुर्व राजपरिवारको टोली अहिले श्रीलंका पुगेको छ ।, आजको साँघु साप्ताहिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप