बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘जम्बोरी नाइट’ फेसन सोका लागि मोडल छनौट

सोमबार, ०८ असोज २०७५, १२ : ३४
सोमबार, ०८ असोज २०७५

 काठमाडौं– राजधानीमा ‘जम्बोरी नाइट’ नामक ‘फेसन शो तथा म्युजिकल नाइट’ आयोजना हुने भएको छ । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा विभिन्न डिजाइनरका क्रियटिभ पहिरन मोडलहरुले ¥याम्पमा प्रस्तुत गर्नेछन् । 

ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लवमा हुने उक्त फेसन तथा म्युजिकल नाइटमा जोजोलप्पा कलेक्शनकी प्रतिमा महर्जन, मृगातृष्णा बुटिककी तृष्णा गुरुङ तथा आईआईएफटीका प्रमिला उप्रेती, सनम लामिछाने र अमृता श्रेष्ठलगायतका फेसन डिजाइनरहरुको क्रियटिभ पहिरनमा एक दर्जन मोडलहरुले ¥याम्प नाप्ने इमेन्ट निर्देशक तथा मोडल विपना थापाले बताइन् । 

उनका अनुसार उक्त कार्यक्रममा विभिन्न गायक÷गायिकाको प्रस्तुती रहने भएको छ । उनले भनिन्, ‘जम्बोरी नाइट’ फेसन र म्युजिकको फ्युजन कार्यक्रम हो ।’

उक्त फेसन नाइटका लागि आइतबार राजधानीमा मोडलहरुको अडिशन लिइएको छ । सो अडिशनबाट १२ जना व्यवसायी फिमेल मोडलहरु छनोट भएका छन् । अडिशनमा ४० भन्दा बढी मोडल सहभागी थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप