शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गंगामायाका छोरा नुरप्रसाद अदालतमै तोडफोडमा उत्रिए, सातदिन हिरासतमा राख्न अनुमति

सोमबार, ०८ असोज २०७५, १५ : ४६
सोमबार, ०८ असोज २०७५

ललितपुर – गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई ललितपुर जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई अनुमति दिएको छ । 

आइतबार उच्च अदालत पाटनमा तोडफोड गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।  आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण गर्दै उनले अदालत तोडफोड गरेका थिए । उनको आक्रममणबाट इजलास अधिकृत रोशन बस्नेतको हातमा चोट लागेको छ ।  

‘नुरप्रसादलाई आइतबार पक्राउ गरेका थियौं’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी शेखर खनालले भने, ‘ज्यान मार्ने उद्योगमा सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।’ 

नुरप्रसादले ललितपुरकी बिन्दु घतानीको घरजग्गा सम्बन्धी मुद्दाको वारेस लिएर उच्च अदालत पाटन गएको बताइएको छ ।  ललितपुर जिल्ला अदालतबाट मुद्दा हारेपछि उनी उच्च अदालत पाटन आएका थिए । उक्त मुद्दामा न्यायाधीशद्वय रमेश खरेल र शेखरप्रसाद पौडेलको इजलाशले आइतबार जिल्ला अदालतको फैसला सदर गरेको थियो ।  

माओवादी जनयुद्ध बेला मारिएका फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीका माग गर्दै उनकी आमा गंगामाया वीर अस्पतालमा अनसन बसिरहेका छिन् । 

बुबा नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा गतवर्ष मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप