जेलरको हत्या गरी कैदी फरार
सोमबार, ०८ असोज २०७५, १६ : ३८
कलात– अफगानिस्तानको दक्षिण प्रान्त जाबुलको कारागारमा जेलरको हत्या गरी एकजना तालिबानी फरार भएका छन् । सो क्रममा अन्य दुईजना घाइते भएको एक अधिकारीले सोमबार जानकारी दिएका छन् ।
आइतबार साँझ यो घटना भएको हो । जाबुल प्रान्तको शार ए सफा जिल्लामा अवस्थित यस जेलमा साँझ प्रार्थनामा बसेका कारागारका सुरक्षागार्डको बन्दुक खोसेर ती तालिबानी कैदीले गार्डको हत्या गरेका र अन्य दुई जनालाई घाइते बनाएका प्रान्तीय सरकारका प्रवक्ता गुल इस्लाम सयालले बताए ।
घाइतेमध्ये एक जना प्रतिआतङ्क प्रहरी प्रमुख रहेको सयालले बताए । जेलको स्वागत कक्षलाई आगजनी गरी आक्रमणकारी भने भाग्न सफल भएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान