शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा संविधान दिवस मनाइयो

सोमबार, ०८ असोज २०७५, १६ : ५५
सोमबार, ०८ असोज २०७५

लण्डन – अलिखित संविधान भएको देश भनेर चिनिने संयुक्त अधिराज्य बेलायतमा गणतान्त्रिक नेपालको संविधान दिवस मनाइएको छ । लन्डनस्थित नेपाली राजदूतावासमा  संविधान दिवस मनाइएको हो । 

प्रमुख अतिथिका रुपमा बेलायतका राजपरिवारका एक सदस्य प्रिन्स माइकल अफ केन्टले समारोहलाई सम्बोधन गर्दै नेपालको स्थिरता र समृद्धिको यात्रामा बेलायत एक साझेदारका रुपमा सहयोग गर्न सधै ईच्छुक र तत्पर रहेको बताए । 

बेलायत र नेपालको मित्रता २ सय वर्षभन्दा अघिदेखि निरन्तर रहेको उल्लेख गर्दै प्रिन्स माइकलले दुई देशबीचको सम्बन्ध गोर्खाहरुको साथै राजनीतिक, आर्थिक , सांस्कृतिक लगायतका जगमा समेत थप बलियो र घनिष्ठ बनेको धारणा व्यक्त गरे । 

बेलायतका  लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले  दुइसय वर्ष देखिको नेपाल(बेलायत सम्बन्धको शिलशिलामा कैयौं अवसरमा दुवै पक्षबाट विभिन्न तहमा भ्रमणहरु भएको स्मरण गर्दै अब यो सम्बन्धलाई नयाँ चरणमा पुर्याउन राज्य प्रमुखहरुकै तहमा भ्रमणहरुको तयारी गर्नुपर्ने बेला आएको बताए । 

प्रमुख अतिथि प्रिन्स माइकलले दूतावासमा नेपाली चित्रकला प्रदर्शनीको उद्घाटन गरेका थिए ।

राजदूत डा सुबेदी  नेपाली खुकुरी र एक चित्रकला उपहारस्वरुप प्रिन्स माइकललाई प्रदान गरेका थिए ।

उक्त अवसरमा  नेपाली तथा ब्रिटिश राष्ट्रिय गान , नेपाली मौलिक नृत्यहरु  तथा ब्रिटिशगोर्खा ब्रिगेड  द्वारा खुकुरी नाच लगायतका सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए । 

यसैबीच नेपाल आदिबासी जनजाती महासंघ युकेले  एक प्रेस बिज्ञप्ति निकाली संविधानले समवेशिताको मर्मलार्इ उपहास गरेको भन्दै विरोध जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप