बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डिफेन्डर रवीन श्रेष्ठले गुमाउने भए अवसर

सोमबार, ०८ असोज २०७५, १७ : ४०
सोमबार, ०८ असोज २०७५

काठमाडौँ– नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रवीन श्रेष्ठले चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल गुमाउने भएका छन् । 

नेपाल पुलिस क्बलसँग आबद्ध श्रेष्ठ २०७४ वैशाखमा एएफसी एसियन कप छनोट खेलमा फिलिपिन्ससँग खेल्ने क्रममा हल्चोक मैदानमा घाइते भएका थिए । त्यतिबेला उनको ग्रान्डी अस्पतालमा घुँडाको शल्यक्रिया गरिएको थियो ।

त्यसपछि निरन्तर मैदान बाहिर रहेका उनी १८ औँ एशियन खेलकूद प्रतियोगिताको तयारीका लागि थाइल्याण्ड गएको टोलीमा समावेश थिए । थाइल्याण्डमा त्यहाँको यु–२३ टोलीसँगको खेलमा उक्त चोट पुनः बल्झिएपछि उनी मैदान बाहिर रहँदै आएका छन् । 

घुँडाको चोटका कारण उनले यसपटकको लिग गुमाउने नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले बताए ।

पुलिस क्लबले असोज १३ गतेदेखि शुरु हुने लिगका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा बुझाएको अन्तिम खेलाडी नामावली सूचीमा श्रेष्ठको नाम समावेश छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप