प्रदिप र जसिताको ‘लभ स्टेशन’ मुर्हूत
काठमाडौं– उज्वल घिमिरेको निर्देशन रहने चलचित्र ‘लभ स्टेशन’ को शुभ साइत गरिएको छ । सोमबार पशुपतिमा पुजा गर्दै चलचित्रको शुभसाईत गरिएको हो । शुभसाइत समारोहमा निर्देशक घिमिरे, अभिनेता प्रदिप खड्का, अभिनेत्री जसिता गुरुङ, कलाकार तथा निर्देशक रमेश बुढाथोकी, निर्माता गोबिन्द शाही लगायतको उपस्थित रहेको थियो ।
प्रदिप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाहलगायत कलाकारको अभिनय रहने चलचित्रको यहि शुक्रबारबाट भारतको दार्जिलिङ देखि छायाँकन सुरु हुँदैछ ।
त्यसपछि कालिङपोङ, सिक्किमलगायत नेपालको पूर्वी भेगका इलाम, फिक्कलमा समेत चलचित्र खिचिनेछ ।
चलचित्र छायाँकनका लागि कलाकार सहितको जम्बो टोली मंगलवार त्यसतर्फ प्रस्थान गर्ने निर्माता गोविन्द शाहीले बताए । ५० दिनको छायाँकन तालिका बनाइएको चलचित्र पारिवारिक प्रेमकथामा आधारित हुने निर्देशक घिमिरेले बताए ।
आलोक शुक्लाको छायांकन रहने चलचित्रमा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी