बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘निर्जला’को ट्रेलर : किशोर र शुभेच्छा हाबी

सोमबार, ०८ असोज २०७५, १८ : ३०
सोमबार, ०८ असोज २०७५

काठमाडौ – राजु गिरीको निर्देशन रहेको चलचित्र ‘निर्जला’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । १९ असोजबाट देशभर प्रदर्शनमा आउने चलचित्रको प्रचारलाई तिब्रता दिन अहिले ट्रेलर ल्याइएको हो ।

ट्रेलरमा वैदेशिक रोजगारीले समाजमा पारेको प्रभावसँगै त्रिकोणात्मक प्रेम देखाइएको छ । किशोर खतिवडा, शुभेच्छा थापा, निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापालगायतको अभिनय चलचित्र यो चलचित्र प्रकाशचन्द्र न्यौपाने निर्माण गरेका हुन् । 

अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायाँकन रहेको चलचित्र आफुले यस अगाडि गरेको चलचित्र भन्दा निकै राम्रो रहेको दाबी निर्देशक गिरीले गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप