शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रथम ‘काठमाडौं किङ्ग्स एघार कर्पोरेट कप’को उपाधी एनआइसि एशिया बैंकलाई

सोमबार, ०८ असोज २०७५, १९ : ४६
सोमबार, ०८ असोज २०७५

काठमाडौं । नेपालको एक अग्रणी औद्योगीक घराना लक्की ग्रुपको एक सदस्य टेलि होल्डिङ्ग्सले आयोजना गरेको प्रथम ‘काठमाडौं किङ्ग्स एघार कर्पोरेट कप’को उपाधी एनआइसि एशिया बैंकले जितेको छ ।

कर्पोरेट कपको शनिबार भएको फाईनल खेलमा एनआइसि एशिया बैंक र एनएलआइसि बीच भिडन्त भएको थियो । काठमाडौं किङ्ग्स एघार कर्पोरेट कप प्रतियोगिताको फाइनल खेल एनएलआइसि र एनआइसि एशिया बैंकबीच भएको थियो  ।  

एनआइसि एशिया बैंकले टस जितेर ब्याटिङ रोजेपछि बैंकले एनएलआइसिको लागि एक वीकेटको क्षतिमा ६७ रनको लक्ष्य दियो । जसमा समिर थापाले २१ रनको योगदान दिए भनें विभव जोशीले २१ र गोकुल झाले २४ रनको योगदान दिए ।

पछि ब्याटिङ गर्न आएको एनएलआइसिले जम्मा ५० रनमात्र बनाउन सक्यो । जसमा किशोर तकाछेले २४ रन बनाउन सके भनें गोकूल झाले ९ रन दिए अनि समिर थापाले २ वीकेट झार्दै ७ रन तथा विभवराज जोशीले १० रन दिएर १ वीकेट झारेका थिए ।

यसरी एनआइसि एशियाले एनएलआइसिमाथि १६ रनको जित निकाल्दै प्रथम काठमाडौं किङ्ग्स एघार कर्पोरेट कपको उपाधि हात पारेको थियो । प्रतियोगिताको फाइनल खेलमा म्यान अफ दि म्याच एनआइसि एशियाका समिर थापा भए भनें  उनलाई म्यान अफ दि टुर्नामेन्टको लागि भोट प्राप्त भएको थियो ।

ऋषभराज (युनाइटेड सिमेण्ट) बेस्ट बलर बन्दा एनआइसि एशियाका समिर थापाले बेस्ट ब्याट्सम्यानको पुरस्कार प्राप्त गरे । सन्दीप कार्की एनआइसि एशियाले बेस्ट फिल्डरको उपाधि हात पारे । यसैगरी प्रतियोगिताको सबैभन्दा प्रतिस्पर्धात्मक भिडन्त भएको आइएमएस ग्रुप र युनाइटेड सिमेण्ट बीचको खेलले काठमाडौं किङ्ग्स एघार कर्पोरेट कपको बेस्ट म्याचको पुरस्कार जितेको छ ।

काठमाडौं किङ्ग्स एघार कर्पोरेट कपमा प्रमुख कर्पोरेट घरानाहरु र बैंकहरुगरी १४ वटा टिमले सहभागीता जनाएका थिए । प्रतियोगिताका खेलहरु १७ सेप्टेम्बर देखि २२ सेप्टेम्बरसम्म रोयल केसिटिसिको इण्डोर मैदानमा भएको थियो ।

लक्की ग्रुपका सिओओ राजजँग थापा काठमाडौं किङ्ग्स एघार कर्पोरेट कपप्रति सम्पूर्ण सहभागी टिम र दर्शकहरुबाट जसरी सदाशयता एवं प्रोत्साहन देखाइएको छ त्यसबाट कर्पोरेट घरानाहरुसँग बलियो सम्बन्ध गाँस्नको लागि भरपूर सहयोग मिलेको बताए । 

टेलि होल्डिङ्ग्स हाल नेपालको सबैभन्दा ठूलो इपिएल टिम काठमाडौं किङ्ग्स एघारको मालिक हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप