शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

किमसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने ट्रम्पको विश्वास

सोमबार, ०८ असोज २०७५, २१ : ४६
सोमबार, ०८ असोज २०७५

अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गरेका छन् । 

उनले आफुहरुको अबको भेटवार्ताबाट पनि आश्चर्यजनक उपलब्धि हुने विश्वास सोमबार राष्ट्रसङ्घको महासभामा पुगेका सञ्चारकर्मीसँगको भेटपछि व्यक्त गरेका हुन् । 

उनले धेरै बिषयहरूमा छलफलपछि व्यापक सहमतिका आधार बनेका र अर्को भेट टाढा नभएको प्रतिक्रिया दिए । ‘हाम्रो दोस्रो शिखर सम्मेलन मलाई चाँडै नै होला जस्तो लागेको छ ।’ 

दक्षिण कोरिया र उत्तर कोरियाका शीर्ष नेताहरुको बैठकपछि दक्षिण कोरिया र चीनले तत्काल अमेरिकासँग फेिर वार्ता गर्न उत्तर कोरियालाई सुझाव दिएका थिए । 

दक्षिण कोरिया र चीनको सुझाव सार्वजनिक भएको केही दिनपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चाँडै वार्ता हुने विश्वास व्यक्त गरेका हुन् । 

ट्रम्प र किमबीचको बहुचर्चित पहिलो शिखर सम्मेलन यसअघि गत जुनमा सिङ्गापुरमा भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप