रेकर्ड बनाएको एउटा फिल्म जसमा थिए मात्र एक कलाकार
बीबीसी
एकजना मात्र कलाकारको अभिनय रहेको एउटा भारतीय फिल्मले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न सफल रह्यो । रेकर्ड बनाउन सफल उक्त फिल्मका नायक थिए सुनिल दत्त, जो फिल्म ‘यादे’ का निर्माता निर्देशक पनि हुन् ।
सन् १९६४ मा रिलिज भएको उक्त श्यामश्वेत फिल्मको सुरुमा नै लेखिएको छ – वर्ल्ड फर्स्ट वन एक्टर मुभी ।
यो फिल्ममा सुनिल दत्तको पात्र घर आउँछन् र घरमा आफ्नी श्रीमती र बालबच्चालाई देख्दैनन् । उनीहरुले आफूलाई छोडेर गएको सोच्छन् । जब उनी एक्लो हुन्छन् तब उनी आफैंसँग कुरा गर्छन्, वरिपरिका वस्तुसँग कुरा गर्छन्, विगतमा जान्छन्, यसरी नै कहानी अघि बढ्छ ।
फिल्ममा नरगिसको आवाज सुनिन्छ ।
क्यूरेटर, फिल्म इतिहासकार र लेखक अमृत गंगर भन्छन्, ‘एक्लो हुँदा मानिसले कस्तो महसुस गर्छ भनेर यो फिल्ममा देखाउन खोजिएको छ । के हुन्छ त्यो पात्रलाई जब उनी घर आउँछन् र लाग्छ कि श्रीमती र बच्चाले उनलाई छोडेर गइसकेका छन् । यो फिल्मले यही कुरा देखाउन खोजेको छ । ’
पूरा फिल्मलाई आफ्नो काँधमा राखेर दर्शकलाई टिकाइराख्नु एक चुनौती हो ।
अमृत गंगर भन्छन्, ‘यो फिल्ममा जे भयो यदि त्यसलाई प्रविधीको हिसाबले हेर्ने हो भने यो पहिले नै नाटक र रंगमंचमा अपनाइसकिएको छ । थिएटरमा अझ यो थप मुश्किल हुन्छ किनभने यहाँ दर्शकको उपस्थिती हुन्छ र तपाईंले एक्लै सबै सम्हाल्नुपर्छ । कुनै रिटेक लिन मिल्दैन ।’
फिल्मले ‘ए’ सर्टिफिकेट पायोः
महिलाको समाज र परिवारमा कुन स्थान छ भनेर यो फिल्मले देखाएको छ, जसले दर्शकको ध्यान खिचेको छ ।
आवाज र डाइलगमार्फत श्रीमान्–श्रीमतीबीच बहस देखाइएको छ । एक अर्काको चरित्रमाथि लाञ्छना लगाइन्छ र पुरुष पत्रले आफ्नो अधिकार देखाउँछ । फिल्मको सुरुवातमा नै लेखिएको छ – जुन घरमा नारीको सम्मान हुन्छ त्यो घरमा देवताको बास हुन्छ ।
फिल्ममा नरगिसको छायाँः
फिल्ममा जब श्रीमान्–श्रीमतीबीच बहस हुन्छ तब श्रीमती देखा पर्दिनन् । उनको आवाज मात्र सुन्न सकिन्छ । यसमा नरगिसको आवाज सुन्न सकिन्छ ।
नरगिस फिल्मको अन्त्यमा एक छायाँको रुपमा देखिन्छिन् । नरगिस घर आउँछिन् र आफ्ना श्रीमानले घाँटीमा डोरी बाँधेको देख्छिन् । के सुनिल बाँच्छन् ? के सबै ठिक हुन्छ ? यसका लागि भिन्न तरिकाले पेश गरिएको यो भावनाको कहानीलाई हेर्नै पर्छ । यो फिल्ममा दुईवटा गीत पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
-
अमेठीमा उम्मेदवारी दिनुअघि राहुल गान्धीले अयोध्यामा रामको दर्शन गर्ने
-
माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा