शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाहाल काँग्रेस छाडेर  नेकपामा  प्रवेश

मङ्गलबार, ०९ असोज २०७५, ११ : ५२
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौँ–नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल नेपाली काँग्रेस छाडेर आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । 

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेललगायतका नेताले प्रवेश गराएका हुन् ।

अध्यक्ष प्रचण्डले नवप्रवेशी दाहाललाई स्वागत गर्दै उनलाई उचित जिम्मेवारी दिइने दिए । 
 मुलुकको विकास र समृद्धिका लागि नेकपाको नेतृत्वमा आउन समयको माग भएको जनाउँदै उनले पार्टी एकतासँगै देशभर आधारभूत तहसम्मको एकता प्रक्रियामा जुट्न कार्यकर्तालाई आग्रह गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप