शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्मला हत्याकाण्डबारे समितिले प्रतिवेदन बुझाएपछि बोले गृहमन्त्री

मङ्गलबार, ०९ असोज २०७५, १७ : ३६
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौं–गृहमन्त्री राम बहादुर थापाले निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई छिट्टै कानुनी कठघरामा ल्याउने आश्वासन दिएका छन् । 

राष्ट्रियसभाको मंगलबारको बैठकमा समसामयिक विषयमा सांसदहरुले उठाएका विषयको जवाफ दिदै गृहमन्त्री थापाले निर्मला पन्तको हत्यामा संलग्नहरु छिट्टै कानुनी कठघरामा उभिने बताएका हुन् । 
उच्चस्तरीय छानविन समितिले घटनको अध्ययन अनुसन्धान गरि प्रतिवेदन बुझाइसकेकाले अब दोषी पत्ता लगाउन सरकारलाई सहज हुने उनको तर्क थियो । 

समितिले दिएको रिपोर्टको आधारमा हत्यारा र बलात्कारीलाई कानुनको कठघरामा उभ्याउने आश्वासन उनले बताए । 
मदन आश्रितका हत्यारालाई अहिले सम्म कानुनी कठघरामा ल्याउन नसकिएको दृष्टान्त दिँदै उनले निर्मला पन्तको घटनाका दोषि पत्ता लगाउनु पनि त्यत्तिकै जटिल रहेको संकेत गरे । 

उनले बर्दियाका राम मनोहर यादवको प्रहरीको यातनाले नभई ब्रेन ह्यामरेज भएका कारण मृत्यु भएको दाबी गरे । 

 प्रहरीले यादवलाई कुनै पनि किसिमको यातना नदिएको दाबी पनि उनले गरे । 
देशका विखण्डनकारीहरुसंग सम्बन्धित संगठनसंग सम्बद्ध रहेकाले यादवलाई प्रहरीले नियन्त्रणमा लिएको उनले स्पष्ट पारे । 

वर्तमान सरकारले शान्ति स्थापना गर्न महत्वपुर्ण भुमिका खेलिरहेको भन्दै उनले पछिल्लो समय तुलनात्मक रुपमा हत्या, हिंसाका घटनामा कमी जिकिर गरे ।
निर्वाध मदिरा विक्रि वितरणले बलात्कारका घटना बढेको तथा लागू औषध नियन्त्रण र निषेध नगरेसम्म महिला हिंसामा कमी नआउने उनको तर्क थियो । 
उनले भने, “लागु औषधका कारोबारीहरु हत्यारा हुन् । बास्तवमा तीनीहरु बलात्कारी हुन् । यस प्रतिको कठोर कानुन बनाउन जरुरी छ । राजनीतिक संकल्प गर्नु जरुरी छ । बलात्कारीहरुलाई सखाप पार्न त्यस किसिमको मेकानिजम पनि डेभलप गर्नु जरुरी छ । अहिले गृहमन्त्रालयले लागु औषधको कारोवारीलाई सखाप पार्ने अभियान अस्ति देखि सुरु गरेका छौ । ”

समााजिक र वस्तुगत आधार नसच्याए सम्म महिला हिंसाका घटनामा कमि नआउने  भन्दै उनले सामान्ति चिन्तन र पुँजीवादी चिन्तनले महिलामाथि दुर्रव्यवहार भईरहेको बताए । 

उनले चाडपर्वको अवसरमा बढ्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा कालोबजारी रोक्नका लागि आवश्यक बन्दोबस्ती गर्नुको साथै खाद्यान्नको ढुवानी गर्ने लगायतको उचित व्यवस्था मिलाउन सम्बन्धीत निकायलाई निर्देशन दिईसकिएको पनि सो क्रममा जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप