शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्राधिकरणका सिइओ अमेरिका जाँदै, नेपालको पुनर्निर्माणका लागि छलफल गर्ने

मङ्गलबार, ०९ असोज २०७५, १८ : ०२
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली आज राती अमेरिका जादैँ छन् ।

अमेरिकास्थित संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजना हुने विपद पश्चातको आवश्यकता आंकलन र पुनर्निर्माण तथा पुनस्र्थापना योजना विषयक कार्यक्रममा नेपालको पुनर्निर्माण सम्बन्धी प्रस्तुति गर्ने प्राधिकरणले जनाएको छ । 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपश्चात नेपालको पुनःनिर्माण तथा पुनस्र्थापना सम्बन्धी अनुभव र भावी कार्ययोजना प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ । आउँदो शुक्रबार आयोजना हुने कार्यक्रममा भाग लिने क्रममा ज्ञवाली आजराती अमेरिकातर्फ प्रस्थान गर्ने प्राधिकरणले जनाएको छ । 

‘कार्यक्रममा हुने प्रस्तुतिले नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायबाट थप आर्थिक सहयोग जुटाउन मद्दत पुग्ने विश्वास लिएको छुु ।’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।  कार्यक्रममा नेपालको पुनर्निर्माण र पुनस्र्थापना सम्बन्धमा नेपालको हालसम्मको प्रगति अवस्था र पुनर्निर्माणका लागि आवश्यक पर्ने वित्तीय आवश्यकता सम्बन्धमा समेत छलफल हुनेछ । 

संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन र विश्व बैंकले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रममा डोमिनिकन रिपब्लिक, नाइजेरियाका लगायतका मुलुकका साथै संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन एवम् विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय संस्थाहरुको  प्रस्तुति रहने कार्यक्रम छ । 

अमेरिका रहेका बेला प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैंक र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरुसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम पनि छ । ज्ञवाली आगामी आइतबार स्वदेश फर्किनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप