शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्यालयलाई जनता बैंकद्धारा कम्प्युटर हस्तान्तरण

मङ्गलबार, ०९ असोज २०७५, १८ : ०८
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडद्वारा दार्चुला जिल्लाको दुँहु गाउँपालिकामा अवस्थित जनविकास माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयलाई चार थान कम्प्युटर हस्तान्तरण गरिएको हो ।

बैंकका दार्चुला शाखा प्रमुख प्रकाश दत्त भट्टले एक समारोहका बिच विद्यालयका प्रधानाध्यापक गीता कुँवरलाई उक्त सामाग्री हस्तान्तरण गरे। दार्चुला जिल्लाको विकट क्षेत्रमा रहेको उक्त विद्यालय सदरमुकाम खलंगाबाट ४ घण्टाको पैदल दुरीमा रहेको छ । 

कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यापक गीता कुँवरले जनता बैंकको सहयोग विकट क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीहरुको कम्प्युटर सिकाईलाई प्रभावकारी बनाउन महत्वपूर्ण रहने बताए ।

लमजुङको विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरणः
जनता बैंकले लमजुङको बेशीसहर नगरपालिका १ रामचोकबेशीमा अवस्थित श्री बालविकास आधारभुत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकको संचालक समिति अध्यक्ष केशवबहादुर रायमाझीले उक्त सामाग्री विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलार्ईं हस्तान्तरण गरे । बैंकका अध्यक्ष रायमाझीले विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्न उक्त सहयोग महत्व पूर्ण रहने बिचार व्यक्त गरे ।

जनता बैंकले  संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप