शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वावलम्बन लघुवित्तका पाँच शाखा विस्तार

मङ्गलबार, ०९ असोज २०७५, १८ : १६
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले एकै साथ पाँच शाखा विस्तार गरेको छ । शाखा विस्तार संगै वित्तीय संस्थाले ५७ जिल्लाका १२८ शाखा कार्यालयबाट लघुवित्त सेवा पुर्याउँदै आएको छ । 

विपन्न तथा न्यून आय भएको वर्गको आर्थिक–सामाजिक अवस्थामा सुधार ल्याई उनीहरुको आयस्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापित बैंकले आफ्नो वित्तीय पहुँच अभिवृद्धि योजना अनुरुप हाल रुपन्देही जिल्लाको तिलोत्तमा, पर्सा जिल्लाको बरियारपुर, रौतहट जिल्लाको चन्द्रपुर, सर्लाही जिल्लाको मलंगवा र महोत्तरी जिल्लाको बलवामा शाखा विस्तार गरेको हो । 

उपशाखा कार्यालय चन्द्रपुरको उद्घाटन गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले सबै नागरिकलाई वित्तीय सेवाको पहुँचमा राख्न वित्तीय संस्थाको योगदान सह्राहनीय रहेको बताए । सानो सानो पूँजीको अभावमा आय आर्जन गर्न असमर्थ रहेको बर्गले कर्जा लिई व्यवसाय गरी यसबाट अधिकतम लाभ लिन आग्रह गर्नुभयो ।  

त्यस्तै, उपशाखा कार्यालय बरियारपुरको उद्घाटन गर्दै बरियारपुर नगरपालिकाका उपप्रमुख तारादेवी कानुले विनाधितो कर्जा उपलब्ध गराउने भएकोले स्थानीय जनतालाई लघुउद्यमी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप