मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शम्भुजित स्वर्णिम सांगीतिक यात्रामा तीन दर्जन कलाकारको प्रस्तुति

मङ्गलबार, ०९ असोज २०७५, १८ : २२
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौं– बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा नाममा ‘शम्भुजित स्वर्णिम सांगीतिक यात्रा–२०१८’ आयोजना हुने भएको छ । यहि १३ र १४ गते राजधानीमा यो साँझ आयोजना हुन लागेको हो ।  मंगलबार आयोजित पत्रकार भेटघाट संगीतकार बास्कोटाले आफ्नो स्वर्णिंम साँझको बारेमा जानकारी गराए । साधना कला केन्द्रको आयोजनामा हुने यो साँझ काठमाडौंका टुँडिखेलमा १३ असोजमा हुने छ । दिउँसोबाट सुरु हुने यो कार्यक्रममा सबैलाई निशुल्क प्रवेशको व्यबस्था गरिएको बास्कोटाले जानकारी दिए ।

टुँडिखेलको कार्यक्रममा बास्कोटासहित प्रेमध्वज प्रधान, योगेश बैद्य, दीपक खरेल, मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, आनन्द कार्कीजस्ता अघिल्ला पुस्ताका कलाकारले एकदेखि तीन ओटासम्म बाँस्कोटाको संगितमा रेकर्ड भएका आफ्ना गीत गाउने छन् । यस्तै यम बराल, राजेशपायल राई, अमर तण्डुकार, देविका बन्दना, कर्णदास, मनोज राज, प्रमोद खरेल, निशा देशार, टीका प्रसाईं, विश्व नेपाली, सञ्जय तुम्रुक, बानिका प्रधान, मिना निरौंला, सुरेश लामा, सुरजकुमार थापा, स्मिता दाहाल, युवराज चौलागाई, केञ्जल मेहरले चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । 

२२ जना प्रत्यक्ष वाद्यवादकहरुको बाद्यबादनमा यी आफुसहित यी कलाकारले आफ्ना गीत गाउने र कार्यक्रम करिब चार घन्टासम्म संगीतमय हुने गायक एवम् संगीतकार बास्कोटाले बताए । कलाकारले करिब चार दर्जन गीतहरु सुनाउने छन् । 

यस्तै १४ असोज साँझ साँढे ५ बजेबाट काठमाडौंको सोल्टी होटलमा पनि यही कार्यक्रम आयोजना गरिने छ । रात्री खानासहित आयोजना हुने यो कार्यक्रममा भारतीय गायिका अनुराधा पौड्याल, संजीवनीसहित नेपाली गायिका दीपानारायण झाले पनि शम्भुजित बास्कोटाद्धारा स्वरबद्ध आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । टुँडिखेलमा आउन समय नभएका विशेष दर्शक श्रोताका लागि ५ हजार रुपैयाँ टिकट सहितको यो कार्यक्रम सोल्टीमा आयोजना गरिएको पनि बास्कोटाले जानकारी गराए ।

कार्यक्रमका आयोजक एवम् साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले नेपाली संगीतमा बास्कोटाको ४ दशक पुरा भएको अवसरमा यो शम्भुजीत स्वर्णिम सांगीतिक यात्रा आयोजना गर्न लागिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप