शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा प्रवक्ता प्रकाण्ड थुनामुक्त

मङ्गलबार, ०९ असोज २०७५, १८ : ४७
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौं– सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामुक्त गर्न पुनः आदेश दिएको छ ।  

सर्वोच्चको सो आदेशसँगै प्रवक्ता विश्वकर्मा रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्धय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको मंगलबार बसेको संयुक्त इजलासले प्रवक्ता विश्वकर्मालाई पुनः थुनामुक्त गर्न आदेश दिएको हो । 

सर्वोच्च अदालतले यसअघि पटक-पटक थुनामुक्त गर्न दिएको आदेश पालना नगरेको भन्दै सरकारलाई सचेत गराएको थियो । सर्वोच्चको आदेशपछि प्रवक्ता विश्वकर्मा थुनामुक्त भएका छन् । उनलाई यसपटक भने प्रहरीले पुनः पक्राउ गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप