शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल बाघको संख्या दोब्बर बनाउने पहिलो राष्ट्र बन्ने पक्का

मङ्गलबार, ०९ असोज २०७५, १९ : ०८
मङ्गलबार, ०९ असोज २०७५

एजेन्सी– दस वर्षभन्दा छोटो समयमा नेपालमा बाघको संख्या झण्डै  दोब्बर भएको छ । यो सँगै नेपाल विश्व वन्यजन्तु कोषको ‘टीएक्सटु’ कार्यक्रम अन्तर्गत बाघको संख्या दोब्बर बनाउने पहिलो देश हुने पक्का भएको छ । 

सन् २००९(२०६६/६७) मा नेपालमा १२१ बाघ थिए । हाल आएर यो संख्या बृद्धि भएर २३५ पुगेको छ । राष्ट्रिय संरक्षण दिवसको अवसरमा विश्व वन्यजन्तु कोषले जारी गरको वक्तव्यमा यो तथ्यांक उल्लेख छ । 
सन् २०२२ आउन चार वर्ष बाँकी रहँदा नेपालले यो लक्ष्य प्राप्त गर्ने देखिन्छ ।  

बाघ संरक्षणबारे नेपालको वन तथा वातावरण सचिव विश्वनाथ ओलीले भने, ‘बाघ संरक्षण हाम्रो सरकारको उच्च प्राथमिकतामा रहेको छ र बढेको संख्याले हाम्रो संरक्षण प्रयास सफल भएको संकेत गरेको छ ।’
पछिल्लोपटक सन् २०१७ नोभेम्बर देखि २०१८ अप्रिल बीचमा नेपालले बाघ गणना गरेको थियो । यही गणनामा बाघको संख्या २३५ देखिएको थियो ।

‘टीएक्सटु’ कार्यक्रमले विश्वको बाघको संख्या सन् २०२२ सम्म दोब्बर बनाउने लक्ष्य लिएको छ । चिनियाँ पात्रोअनुसार सन् २०२२ बाघ वर्ष पर्ने भएकाले उक्त समय तोकिएको हो ।   ‘नेपालले बाघको संख्यामा गरेको यस उलेख्यनीय बृद्धिले यस कुराको प्रमाण दिएको छ कि जब हामी मिलेर काम गर्छौ, तब हामी लोपोन्मुख प्रजाति समेत संकटमा रहेका जुनसुकै वन्यजन्तु बचाउन सक्छौं ।’

विश्व वन्यजन्तु कोष–अमेरिकाको बोर्ड सदस्य र चर्चित हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियोले भनेका छन् । डिक्याप्रियो आफ्नो नाममा रहेको लियानोर्दो डिक्याप्रियो फाउण्डेसनका अध्यक्ष पनि हुन् । सन् २०१० यता उक्त संस्थाले बाघ संरक्षणमा काम गरिरहेको छ । 

निरन्तर घट्दो बाघको संख्या

बाघको बसोबास भएका १३ देशले यो योजनामा सहमति जनाएका छन् । यसको लागि मुख्य जोड उच्च सुरक्षा प्रदान गर्ने र बाघको बासस्थानलाई संरक्षण गर्नको लागि ‘अन्तर–सीमा सहकार्य प्रोत्साहन गर्ने’ भनिएको छ । 
कोषको ‘टीएक्सटु’ वेभसाइटमा राखिएको तथ्यांकमा सय वर्षअघि पृथ्वीमा एक लाख बाघ रहेको अनुमान गरिएको छ । 

तर बाघको चोरी शिकारी तथा नको बासस्थानमा भएको न्युनीकरणले गर्दा बाघको संख्यामा उलेख्यनिय गिरावट आयो । परिणामस्वरुप सन् २०१० सम्म आइपुग्दा विश्वमा बाघको संख्या ३२०० पुगेको थियो ।  सन् २०१६ मा बाघ पाइने १३ देश मध्य भारतमा सबैभन्दा धेरै २२२६ बाघ थिए । त्यसपछि धेरै संख्या भएको रुसमा ४३३ र इण्डोनेशिया ३७१ संख्यामा बाघ रहेका थिए ।

 सबैभन्दा थोरै रहेका देशमा चीनमा पाँचभन्दा कम र भियतनाममा सातभन्दा कम बाघ रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप