पेट्रोलियम पदार्थ र सार्वजनिक यातायतको भाडा बढाएकोमा नेविसंघ आन्दोलित
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुका साथै सार्वजनिक यातायातको भाडा दरमा १० प्रतिशत मूल्य बढाएको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिचन्द्र क्याम्पस आन्लोलित बनेको छ ।
विहान ९ बजेदेखि १० बजेसम्म क्याम्पस अगाडि चक्का जाम गरी कोणसभामा परिणत भएको थियो ।
दशैंको मुखैमा आएर एकैचोटी १० प्रतिशत सार्वजनिक यातायातको भाडा बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेको नेविसंघ नेता दिनेश शाहीले बताए ।
प्रत्येक चिजमा महंगी बढ्दै जानुले सरकार अलोकतान्त्री बन्दै गएको भान भएको शाहीको ठहर छ ।
कर वृद्धि र महंगीले जनजीवन कष्टकर बनिरहेको बेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि र यातायातको भाडादर वृद्धिले झनै जनजीवन कष्टकर बनेको विद्यार्थी नेता बिष्णु पौडेलले बताए ।
कोण सभालाई विद्यार्थी नेता बिष्णु पौडेल, शान्त शिवाकोटी, दिनेश शाही र केशरजंग बमले सम्बोधन गरेका थिए ।
शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारको यातायात व्यवसायीसँग भाडादर बढाउने सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा