बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रसङ्घमा प्यालेष्टिनी राष्ट्रपतिको वक्तव्य शान्तिका लागि महत्वपूर्ण : प्रवक्ता

मङ्गलबार, ०९ असोज २०७५, २१ : १५
मङ्गलबार, ०९ असोज २०७५

रामाल्ला । प्यालेष्टिनी राष्ट्रपति मोहम्मद अब्वासद्वारा राष्ट्रसङ्घको महासभामा दिइने वक्तव्य शान्तिका लागि गरिने महत्वपूर्ण अनुरोध हुने उनका प्रवक्ताले मङ्गलबार जनाएका छन् । 

उनले यो सम्बोधन नै प्यालेष्टिनी शान्तिका लागि अन्तिम मौका भएको बताए । 

‘राष्ट्रपति महमुद अव्वसद्वारा राष्ट्रसंघीय महासभामा आगामी बिहीबार गर्ने सम्बोधनले हाम्रा जनताले भोग्दै आएको गम्भीर चुनौतिहरूलाई समाधान गर्ने बाटोबारे प्यालेष्टिनी विचार प्रस्तुत गर्नुहुनेछ र यसले सम्भवत विवादबारे सही प्रतिनिधित्व गर्नेछ,’ प्रवक्ता नविल अबु रुदेनेहलाई उद्धृत गर्दै प्यालेष्टिनी समाचार संस्था डब्लुएफएले उल्लेख गरेको छ । 

प्रवक्ता रुदेनेहले थप्नुभयो, राष्ट्रपतिको वक्तव्यले प्यालेष्टिनीहरूको बृहद् रणनीतिबारे रूपरेखा प्रस्तुत गर्नेछ जसले यस क्षेत्र र विश्वको शान्तिका लागि महत्वपूर्ण प्रभाव छोड्नेछ । 

प्यालेष्टिनी जनताले अस्वीकार गर्ने कुनै पनि सम्झौता, निर्णय र गतिविधि उनीहरूको वैध नेतृत्वका लागि अस्वीकार्य रहने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप