शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्यायमुर्ति नै दण्डित : २५ न्यायाधीशले गर्‍यो सम्पत्ति बिबरण पेश

बुधबार, १० असोज २०७५, ०६ : ५२
बुधबार, १० असोज २०७५

बिभिन्न अदालतमा कार्यरत रहदा समयमा सम्पति बिवरण नबुझाएर जरिवानामा परेका २५ जना न्यायाधीशहरुले सम्पत्ति बिबरण न्याय परिषद्मा पेश गरेका छन् ।

ती न्यायाधीशहरुले जरिवाना रकम सहित सम्पत्ति विवरण पेश गरेको न्याय परिषद् सचिवालयका प्रवक्ता रामेश्वर रेग्मीले जानकारी दिनुभयो ।

५ हजार रुपियाँका दरले २५ जना न्यायाधीशबाट १ लाख २५ हजार रुपियाँ राजश्वमा जम्मा भएको पनि परिषदले जनाएको छ । सम्पति बिवरण बुभाmउन अटेर गर्ने न्यायाधीशहरुको नाम भने खुलाइएको छैन ।

यता तीन सय ९६ न्यायाधीशहरुले भने तोकिएको समयमै सम्पत्ति बिबरण न्याय परिषद्मा बुझाएका छन् । परिषद् सचिवालले गत २०७५ असार २५ गते सार्वजनिक सूचना जारी गरी भदौ २९ भित्र न्यायपरिषद् सचिवालयमा सम्पत्ति बिबरण बुझाउन निर्देशन दिएको थियो ।

सम्पति बिवरण बुझाउन आलटाल गरेका कारण जरिवाना तिरेपछि सवै न्यायाधीशको सम्पत्ति बिबरण जम्मा भएकाले अभिलेख तयार अन्तिम चरणमा पुगेको न्याय परिषद्का प्रवक्ता रेग्मीले जानकारी दिनुभयो । ’यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप