बलात्कारको आरोपमा दुलाहा पक्राउ परेपछि...
दोलखा - विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् ।
१६ वर्षीया किशोरीलई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाई बिहेको कार्यक्रमकै बीच पक्राउ परेका हुन् ।
बलात्कृत भएको दाबी गर्दै ती किशोरले उजुर गर्नेबित्तिकै दुलही भित्राउने कार्यक्रममै प्रहरी पुगेको थियो । कार्यक्रम भइरहँदा दुलाहा शान्ति पक्राउ परेको समाचार आजको कान्तिपुरको पृष्ठ ४ मा छापिएको छ ।
संस्कारअनुसार केटाले भगाएर केटी ल्याएमा विधिपूर्वक घर भित्र्याउनु विवाहको एउटा चरण मानिन्छ । २३ बर्षीय शान्तिले एक महिनाअघि भगाएको केटीलाई भित्र्याउनुे प्रयास १६ बर्षीया किशोरीको उजुरीले विफल भएको छ ।
ती कशिोरीले आफूलाई विहेको प्रलोभनमा पारेर सान्तिले बलात्कार गरेको आरोप लगाएकी छन् । कक्षा १२ पढ्दै गरेकी किशोरीले सात कक्षामा अध्ययन गर्दादेखि नै शान्तिले विहे गर्ने आश्वासन दिँदै आएको बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा