बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महिला विश्वकप : हर्मनप्रीतको किर्तिमानसँगै अस्ट्रेलियासँग भारतको बदला

शुक्रबार, ०६ साउन २०७४, ०९ : ३९
शुक्रबार, ०६ साउन २०७४

लण्डन – हर्मनप्रीत कौरको उत्कृष्ट शतकसँग भारतले ६ पटकको विजेता अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको छ । जीतसँगै भारत महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

कौरले नटआउट रहँदै १७१ रन बनाइन्, जुन कुनै पनि भारतीय खेलाडीले विश्वकपमा बनाएको सबैभन्दा ठूलो स्कोर हो । 

उनले यसक्रममा २० वटा चौकाको साथै ७ छक्का हिर्काएको थियो । अन्तिम ६ ओभरमा भारतले ८१ रन बनाउन सफल रह्यो ।

उनको शतकको मद्दतले वर्षाले प्रभावित खेलमा भारतले अस्ट्रेलियासामु ४२ ओभरमा ४ विकेटको क्षतिमा २ सय ८१ रन बनायो ।

विशाल लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाका लागि एलेक्स बल्याकवेलले ९० रन बनाउँदै अस्ट्रेलियालाई जीतको आशा दिलाए पनि अन्ततः टोली ११ बल बाँकी छँदा २ सय ४५ रनमा समेटियो ।

समूह चरणको खेलमा अस्ट्रेलियासँग पराजित भएको भारतले त्यसको बदला पनि लिन सफल भएको छ ।

अब भारतले फाइनलमा आयोजक इंग्ल्याण्डको सामना गर्नेछ ।

सन् २००५ पछि भारत विश्वकपको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकामा आयोजना भएको प्रतियोगितामा भारत फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप