शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सन् २०२० भित्र नेपालमा बीस लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने तयारी

बिहीबार, ११ असोज २०७५, १४ : ३३
बिहीबार, ११ असोज २०७५

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सन् २०२० भित्र नेपालमा बीस लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सबैलाई पहल गर्न आह्वान गरेका छन् । 

मन्त्री अधिकारीले पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरकारले पर्यटन क्षेत्रको प्रबद्र्धनका लागि सूचना र प्रविधिको प्रयोगमा अधिकतम पहल गरिरहेको पनि स्पष्ट पारे । बिहिबार विश्व पर्यटन दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई जोड दिएको पनि स्मरण गराए । त्यस अवसरमा मन्त्री अधिकारीले १ वर्षभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने घोषणा पनि गरे । उनले नेपालमा पर्यटन क्षेत्रको विकास उत्साहजनक रुपमा अघि बढाउन सरकार क्रियाशील रहेको दावी पनि गरे ।

सन् २०२० भित्र १ अरव ६० करोड पर्यटकले विश्व भ्रमण गर्ने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्दै मन्त्री अधिकारीले उनीहरुलाई नेपाल आउने वातावरण बनाउन सरकार लागि परेको दावी पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप