शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एन्टिगोनीको नेपाली भर्सन (फोटो)

शुक्रबार, ०६ साउन २०७४, १० : ४२
शुक्रबार, ०६ साउन २०७४

काठमाँडौ– मण्डला थिएटर नेपालमा अहिले विश्वप्रसिद्घ नाटक एन्टिगोनीलाई नेपालीमा मञ्चन भैरहेको छ । यस नाटकलाई निर्देशन गरेका छन् राजन खतिवडाले । 

प्रचीन ग्रीसेली नाटककार सोफोक्लिजद्वारा इशापुर्व ४४१ ताका थेविजका नाटकहरु अन्र्तगत लेखिएको नाटक एन्टिगोनी लाई संसार प्रसिद्घ दुखान्त नाटकहरु मध्यको एक अनुपम उदाहरण मानिन्छ । राजा इडिपसको शासनकालमा थेविज राज्यको भाग्य कस्तो थियो भनेर यस नाटकमा देख्न पाइन्छ । 

इडिपसका दुई छोराहरु एटियोक्लिज र पोलिनिससले सत्ताप्राप्तीकालागिएकआपसमा गरेको युद्ध र त्यसको समाप्तिसँगै नाटक एन्टीगोेनीको घटनाक्रम शुरु हुन्छ । 

इडिपसले सत्ता छाड्ने बेलामा आफ्ना दुवै भाई छोरालाई मिलेर राज्य चलाउनु भनेर छाडे पनि एटियोक्लिजले पोलिनिससलाई सत्ता सञ्चालनको साथी बनाउन नचाहेपछि शुरु भएको यो युद्धमा अन्ततः दुवै दाजुभाईले ज्यान गुमाउँछन् । 

यसपछि राजाबनेका इडिपसका साला तथा मामाक्रियोनले एटियोक्लिज र  पोलिनिससको लाशहरुसित बेग्लाबेग्लै व्यवहार गर्ने निर्णय गर्छन् । 

एटियोक्लिज देशकालागि लड्दालड्दै मरेको हुनाले उसलाई राजकीय सम्मानसहितअन्त्येष्टी गर्ने तर पोलिनिससले देशद्रोह गरेको हुनाले  उसको लाशलाई कुनै संस्कार नगरी त्यत्तिकै कुहिन छाडिदिने घोषणा उनले गर्छन् । 

यस्तो क्रुर घोषणाको विरुद्धमा एटियोक्लिज र पोलिनिससकी दुईमध्येकी एक बहिनी एन्टीगोनीले अवज्ञाको प्रतिघोषणा गरेसँगै कथाले नाटकीय रुप लिन्छ ।  यो नाटक श्रावण २२ गतेसम्म नियमित मञ्चन गरिनेछ । नियमित प्रर्दशन अन्र्तगत सोमबार बाहेक हरेक दिन साँझ ५ः३० बजे र शनिबार दिँउसो १ बजेको अतिरिक्त शो रहने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप