शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको तनाव : प्रदेशसभामा सांसदको नाराबाजी, मुख्यमन्त्रीको राजीनामा माग्दै बाहिर स्थानीयको प्रदर्शन

शुक्रबार, १२ असोज २०७५, १२ : २२
शुक्रबार, १२ असोज २०७५

धनगढी । प्रदेश नम्बर सातको राजधानी विवाद उत्कर्षमा पुगेको छ । धनगढीबाट राजधानी नसार्न माग राख्दै स्थानीय बासिन्दा तथा प्रदेश सांसदहरु नै आन्दोलनमा उत्रिएका छन् । 

प्रदेश सभा भवनबाहिर धनगढीका बासिन्दा र प्रदेश सभा बैठकमा प्रतिपक्ष सांसदहरुले विरोध गरेका हुन् ।

राजधानी सार्ने प्रस्तावको विरोध गर्दै काँग्रेस सांसदहरुले आजको प्रदेशसभा बैठकमै नाराबाजी गरेका छन् । 

प्रतिपक्षको नाराबाजीपछि प्रदेशसभा बैठक अवरुद्ध भएको छ । 

शुक्रबार बिहानैबाट राजधानीको विषयलाई लिएर प्रदेशसभा भवन बाहिर आन्दोलनकारीले नाराबाजी सुरु गरेका थिए । कउनीहरुले ‘वन मास्न पाइँदैन, मुख्यमन्त्री राजीनामा दे, वन माफिया होसियार’ लगायतका नारा लगाएका छन् ।

प्रदेश राजधानी गोदावरी नगरपालिकाको तेघरी राख्ने प्रस्तावको विरोधमा धनगढीबासी तीन दिनदेखि आन्दोलित छन् । 

प्रदेशको स्थायी राजधानी र नामाकरणबारे सांसद तारा लामा तामाङको नेतृत्वको राय–सुझाव समितिले तेघरीमा राजधानी राख्ने प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदन सभामुख अर्जुनबहादुर थापाले बुुधबार संसदमा प्रस्तुत गरेका थिए ।

उता, आन्दोलनकारीले प्रदेशसभा अगाडिको सडक समेत अवरुद्ध गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप