देशभरका चलचित्र भवनमा ‘डाक्टर...खाते’
काठमाडौँ – सडकबास भएका मानिसहरुले मेहनत ग¥यो भने सक्षम नागरिक भएर उसले देशको लागि केही गर्न सक्छ भन्ने बिषय देखाउन खोजेको चलचित्र ‘डाक्टर...खाते’ आज शुक्रबार बाट प्रदर्शनमा आएको छ । चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएको हो । शुक्रबार रिलिजको परम्परा धन्दै प्रदर्शनमा आएको यो चलचित्रसँग ‘मेरी कुशुम’ पनि आएको छ ।
डाक्टर खाते
आभिभावकले आफ्ना बालबालिकाको पालन पोशनमा ध्यान नदिँदा उनीहरु कसरी गलत बाटोमा लाग्छन् भन्ने बारे कथा उठाएर गतल बाटोबाट उनीहरुलाई सही बाटोमा ल्याउन सकिन्छ भन्ने सन्देश चलचित्रले दिने यसकी निर्माता एवं अभिनेत्री रोशनी केसीले बताईन् ।
अभिनेत्री/निर्माता केसीका अनुसार हरेक अभिभावकले यो चलचित्र हेर्दा आफ्ना बालबालिकालाई आफुले कत्तिको सही गरिरहेको छु भन्ने महसुस हुनेछ ।
दर्शकलाई बारम्बार हँसाउने र रुहाउने बताइएको चलचित्रमा रोशनी केसी, ,शिल्पा पोखरेल, सम्राट सापकोटा, बिजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत परियार लगायतका कलाकारको अभिनय छ ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा गोबिन्द शाही र मोफसलमा एफडी कम्पनीले वितरण गरिरहेको छ । चलचित्र डाक्टर...खातेमा सचिन सिंहको संगीत, योगेश्वर अमात्यको गायन, तारा थापा ‘कम्ले’को सम्पादन, जगदिश्वर थापाको लेखन रहेको छ । जसलाई डब्बु क्षत्रीले कास्ट निर्देशन र रबी अर्यालले निर्देशन गरेका हुन् ।
मेरी कसुुम
त्यस्तै ‘मेरी कुसुम’ मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र हो । एक्सन–लभस्टोरी कथामा तयार पारिएको चलचित्रमा सामान्य केटी र धनाढ्य परिवारको केटा विच हुने प्रेमकथा देखाउन खोजिएको छ । चलचित्रलाई एनआर घिमिरेले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान