बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अण्डरटेकरसँगको झगडामा टुटेको थियो मेरुदण्डको हड्डी, अब यस्तो जीवन बाँचिरहेका छन् शन माइकल

शुक्रबार, ०६ साउन २०७४, १२ : ३३
शुक्रबार, ०६ साउन २०७४

आफ्नो समयमा डब्लूडब्लूईका प्लेब्वाई र एचबीके नामले चर्चित शन माइकल्स जुलाई २२ तारिख अर्थात् भोली ५२ वर्षमा प्रवेश गर्दैछन् । यद्यपी, उनलाई हेर्दा उनको उमेर अन्दाज गर्न मुश्किल पर्छ । शन माइकलले त्यतिबेला हंगामा मच्चाएका थिए जब अण्डरटेकरसँगको झगडामा उनको एक गलत कदमले उनको मेरुदण्डको हड्डी टुटेको थियो । उक्त दुर्घटनापछि शनको डब्लूडब्लूईको करियर समाप्त हुने स्थितीमा पुगेको थियो । तर, तपाईंलाई अचम्म लाग्ला कि आज शन माइकल्स डब्लूडब्लूका एम्बेसेडर हुनुका साथै ट्रेनर पनि हुन् । यसका साथै, उनी क्यालिफोर्नियामा टेलिभिजन प्रस्तोता पनि हुन् ।

चार पटक विश्व बिजेताः

२२ जुलाई सन् १९६५ मा अमेरिकामा जन्मिएका शन माइकल्सले १९ वर्षको उमेरमा डब्लूडब्लूईमा डेब्यू गरेका थिए । ६ फिटका शन त्यसपछि डब्लूडब्लूईको एक नयाँ पहिचान बने । सन् १९९८ देखि २००५ का बिच शन माइकल्स संसारभरी चर्चित बने । सन् २०१० मा उनले सन्यास लिएका थिए ।

गरे दुई विवाहः

शनले आफ्नो करियरको सुरुवातमा थेरेसा लिन वुडसँग विवाह गरेका थिए । सन् १९९४ मा लिनसँग अलग्गिएपछि उनले आफ्नी पार्टनर रेबिका कर्सीसँग सन् १९९९ मा विवाह गरेका थिए ।

शन माइकल्स अहिले रियालिटी शो मा पनि काम गर्दछन् । यो धेरैजसो वाइल्ड लाइफ र एड्भेन्चरसँग जोडिएका हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप