बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमपत्र समातेर गाली गरेँ : अभिनेत्री निशा

शुक्रबार, ०६ साउन २०७४, १३ : ०९
शुक्रबार, ०६ साउन २०७४

अभिनेत्री निशा कार्की नामले भन्दा पनि कामको परिचयले चिनिन्छिन् ।  मण्डला नाटकघरको तेस्रो ब्याचकी उनले ‘सिरुमा रानी’ नाटकबाट आफ्नो परिचय कोर्न सफल भइन् । त्यसपछि उनले मण्डालाकै केही नाटक अभिनय गरिन् तर ‘सिरुमा रानी’को उनको परिचय कुनैले फेर्न सकेन । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सायद–२’ मा पनि उनी नायिकाको रूपमा देखिएकी छन् । एकदम बब्ली, रमाइलो गर्नुपर्ने र आफ्नो ब्वाइफ्रेन्डलाई धेरैभन्दा धेरै विश्वास गर्ने ‘बब्ली’ नामक केटीको भूमिकामा  उनले चलचित्रमा निर्वाह गरेकी छिन् । चलचित्रले व्यावसायिक सफलता नपाए पनि उनले भने अभिनयबाट चर्चा पाउन सफल भइन् । चलचित्रमा  अमृत ढुङ्गाना उनका जोडी बनेका थिए । दुवैको अभिनय चलचित्रको राम्रोसँग पाटोसमेत बन्यो । थिएटर अभिनयमा निखारिँदै गरेकी निशा चलचित्र अभिनयले प्रविधि बुझ्न मद्दत गरेको बताउँछिन् । यी नै निशासँग रातोपाटीेका दस प्रश्न ।

तपाईंको डेब्यु चलचित्र गत शुक्रबारबाट प्रदर्शनमा आएको छ । प्रतिक्रिया कस्तो आइरहेको छ ?
–साथीभाइ, आफन्तलगायत मलाई चिन्ने सबैले राम्रो अभिनय गरेको रहेछ । राम्रो लाग्यो । अझै राम्रो गर्नुपर्छ भनेका छन् । साथीहरूसँगै चलचित्र हेर्दा त उनीहरूले मेरो सिन आउँदा ताली पड्काएर हलभित्र धेरै रमाइलो गरे । निकै रमाइलो लाग्यो ।

अभिनयको नराम्रो कमेन्ट गर्ने भेटियो कि भेटिएन ?
– त्यस्तो भेटेकी छैन । मलाई चिन्ने जतिले चलचित्र हेरेका छन्, ती सबैले अभिनयको तारिफ नै गरेका छन् । केहीले चलचित्र हेर्न भ्याएको छैन । हेर्छु र कमेन्ट गर्छु भन्नुभएको छ । 

सौँदर्यप्रति कतिको सजक हुनुहन्छ ?
–खासै छैन । मलाई प्रायः समय मेकअफमा भन्दा पनि नर्मल बस्न मनपर्छ । मेक गर्न पनि मनलाग्दैन । पहिलेदेखिकै बानी हो यो । धेरै मेकअप गर्न आउँदैन पनि । मेकअप गर्नैपर्दा नर्मल लोसन, क्रिमलगायत लगाउँछु ।

एक्सरसाइज कति गर्नु हुन्छ ?
– गर्छु । एक्सरसाइजका लागि कहिकतै जान्न । घरमै एक्सरसाइज गर्छु । घरमा योगा गर्छु । डान्स क्लासहरू लिन्छु । 

फेसनमा कतिको सजक हुनुहन्छ ?
–सजक छु । यसो भन्दैमा निकै एडभान्स होइन । चलेका फेसन लगाउँछु । आफूलाई कन्फर्टेबल पहिरन लगाउन मनपर्छ । सिजन र मौसम हेरेर पहिरन लगाउन मनपर्छ । आफूलाई जिन्स पाइट र टिसर्टमा कम्फर्टेबल फिल गर्छु ।

ड्रिम केही छ कि ?
–थियटर अभिनयको राम्रो कलाकार बन्ने सपना छ । विदेशमा गएर पनि थिएटर अभिनयको महत्वपूर्ण कोर्स गर्न मन छ । 

अभिनयको पहिलो कमाइ केमा खर्च गर्नुभयो ?
– मैले त्यो पैसा अहिलेसम्म प्रयोग गरेकी छैन । सजाएर राखेको छु ।

मनपर्ने कलाकार ?
–सानोमा गौरी मल्ल मनपथ्र्याे । अर्काे कलाकार निरुता सिंह मनपर्छ ।

जीवन साथीको बारेमा केही सोच्नुभएको छ ?
– त्यस्तो केही सोचेकी छैन । आफूलाई धेरै माया गरोस् । कामको सम्मान गरोस् । यस्तै यस्तै हो नि । हा हा हा ।

पहिलो प्रेमपत्र कहिले आयो ? 
– एक्चुअल्ली, म सानोमा निकै छुच्ची थिएँ । स्कुलमा पनि क्लासको क्याप्टेन थिएँ । केटाहरू त्यति बोल्दैन थिए । त्यस्तै ७, ८ कक्षामा होला एक केटाले चिट्टी दियो । प्रेम भरिएको पत्रसहित । चिट्ठी समातेर गाली गरेँ । टिचरलाई भनिदिएँ । चिट्ठीमा के लेखेको थियो । त्यो पढिनँ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप