मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भद्रपुर विमानस्थलमा एक्स–रेबाट चेकजाँच हुने

शुक्रबार, ०६ साउन २०७४, १३ : ३७
शुक्रबार, ०६ साउन २०७४

झापा । भद्रपुर विमानस्थलमा अब एक्स–रे मेसिनबाट चेकजाँच हुने भएको छ । 

सरकारले मेसिन उपलब्ध गराएपछि आगामी भदौदेखि एक्स–रे मेसिनबाट सामानको चेकजाँच हुने नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णप्रसाद चूडालले जानकारी दिए । 

मेसिन सञ्चालनमा आएपछि प्रतिबन्धित वस्तुको ओसारपसार नियन्त्रण गर्न सहज हुने छ । मेसिन नहँुदा चेकजाँच निकै झन्झटिलो हुने गरेको चूडालको भनाइ छ । मेसिन जडान भइसकेको छ । 

भद्रपुर विमानस्थललाई सुरक्षित एवम् व्यवस्थित पार्ने काम भइरहेको छ । भौतिक संरचना व्यवस्थित गर्ने काम अघि बढाइएको छ । विमानस्थलमा शौचालयको व्यवस्थापन, रङरोगन, टायल लगाउन थालिएको छ । 

विमानस्थलको सुरक्षाका लागि ६ वटा सिसी क्यामेरा जडान गरिएको छ । जापानी संस्था जाइकासँग स्तरोन्नती गर्न सम्झौता भइसकेको चुडालले बताउनुभयो । भद्रपुरबाट दैनिक बुद्ध एयरलाइन्सले तीन, यतिले दुई, सौर्य र नेपाल एयरलाइन्सले एक÷एक हवाई उडान भर्दै आएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप