शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जीतुले किन भने बर्षालाई समाउन नाडिमा  ?

शुक्रबार, ०६ साउन २०७४, १४ : ००
शुक्रबार, ०६ साउन २०७४

काठमाडौं –चलचित्र ‘छक्का पञ्जा २’ टिमले काभ्रे पलाञ्चोकको पनौती स्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स उपहार दिएको छ । चलचित्रका निर्माता निर्देशक दीपकराज गिरी र दीपाश्री निरौलाले शुक्रबार एक कार्यक्रमको आयोजना सहित एम्बुलेन्स हस्तान्तरण गरे । 


‘छक्का पञ्जा’ले व्यवसायीक लाभ उठाएपछि दीपक र दीपाले पनौतीका स्थानियलाई एम्बुलेन्स दिने घोषणा गरेका थिए ।


कार्यक्रममा चलचित्र ‘छक्का पञ्जा २’को एउटा गीत समेत सार्वजनिक गरियो । ‘ए सानु बोल..’बोलको उक्त गीतमा स्वस्थिमा खड्का, बर्षा राउत ,जीतु नेपाल, केदार घिमिरे लगायतको अभिनय रहेको छ । 


गीतमा प्रिन्स र दीपको शब्द तथा अलमोडा राना उप्रेतीको संगीत रहेको छ । गीतमा अलमोडा र सुजना बर्माको स्वर रहेको छ ।


दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा २’मा दीपकराज गिरी, प्रियंका कार्की, बर्षा राउत, जीतु नेपाल र केदार घिमिरे लगायतको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप