शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एफथ्री ब्ल्याक फोनको उत्पादन बन्द हुने

शुक्रबार, ०६ साउन २०७४, १४ : ०१
शुक्रबार, ०६ साउन २०७४

काठमाडौं– क्यामेरा फोन ब्राण्ड ओप्पोले एफथ्री ब्ल्याक एडिशनलाई लिमिटेड एडिशनमा परिणत गर्ने घोषणा गरेको छ । यो घोषणासँगै फोनको उत्पादन बन्द हुनेछ । 
३२ हजार ९ सय ९० रुपैयाँ मूल्य निर्घारण गरिएको एफथ्री ब्ल्याक एडिशनलाई नेपाली बजारमा प्राप्त सफलताका लागि उपभोक्ताप्रति कृतज्ञता स्वरुप लिमिटेड एडिशनका रुपमा घोषणा गरिएको कम्पनीले जनाएको हो ।

लिमिटेड एडिशनका रुपमा परिनत गर्न लागिएको एफथ्री सेल्फी मनपराउने यूवा पुस्ता माझ विशेष लोकप्रिय छ । नेपाली बजारमा प्रवेश गरेको छोटो अवधिमा नै ब्राण्डले आफ्नो परिचय सेल्फी एक्स्पर्ट क्यामेरा फोनका रुपमा स्थापित गरिसकेको छ । 

एक पछि अर्को सेल्फी केन्द्रित क्यामेरा फोन सार्वजनिक गरिरहेको ओप्पोका उत्पादन विशेषगरी सेल्फी मनपराउने यूवा पुस्ता माझ अत्यधिक लोकप्रिय छ । नेपाली बजारमा सार्वजनिक गरिएका क्यामेरा फोन मध्य केही समय अगाडी मात्र सार्वजनिक गरिएको ओप्पो एफथ्रीले विक्रि संख्याका आधारमा उल्लेखनिय सफलता हात पारेको कम्पनीले जनाएको छ ।

यो सफलताका लागि आफ्ना उपभोक्ता प्रति कृतज्ञता स्वरुप कम्पनीले एफथ्री ब्ल्याक एडिशनलाई लिमिटेड एडिशनमा परिणत गर्ने निर्णय तथा घोषणा गरेको हो । कम्पनीका अनुसार एफथ्री ब्ल्याकलाई लिमिटेड एडिशनका रुपमा लैजान फोनको उत्पादन बन्द गरिने जनाएको छ । फोनको उपलब्धता स्टक रहुन्जेल मात्र सिमित हुने जनाएको छ । 

ब्ल्याक एफथ्रीलाई लिमिटेड एडिशनका रुपमा लाने घोषणा गर्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ओप्पोको एफथ्री ब्ल्याक एडिशनका लागि नेपाली उपभोक्ताद्वारा प्रस्तुत प्रतिक्रियाले उत्साहित तुल्याएको बताए । ब्राण्ड प्रति उपभोक्ताले दर्साएको मायाँ तथा सहयोगका लागि हामी कृतज्ञ रहेको उनको भनाइ छ । 

डुअल सेल्फी क्यामेरा सहितको ओप्पो एफथ्रीमा १÷३ ईञ्च सेन्सर र पीडीएएफ प्रविधि सहितको १३ मेगापिक्सेल क्षमता भएको रियर क्यामेरा जडान गरिएको छ । कलर ओएस (सञ्चालन प्रणाली ३.०)मा आधारित ओक्टा कोर प्रोशेसर सहितको फोनमा ४ जीबी ¥याम र ६४ जीबी रोमको ब्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप