शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नाम दर्ता गराउनेको संख्या बढ्दो

शुक्रबार, ०६ साउन २०७४, १४ : ०४
शुक्रबार, ०६ साउन २०७४

रामपुर -फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या पाल्पामा बढ्दै गएको छ । 

साउन १ गतेबाट सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा हालसम्म एक हजार ११५ जनाले दर्ता गराएका छन् । तीमध्ये ६८० पुरुष र ४८५ महिला रहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी थमन सारुले जानकारी दिनुभयो । 

साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय पाल्पामा र १६ गतेदेखि २५ गतेसम्म जिल्लाका दशवटै स्थानीय तहबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप