मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एउटै चर्चमा भेटियो ३४ विद्यार्थीको शव

मङ्गलबार, १६ असोज २०७५, २० : १७
मङ्गलबार, १६ असोज २०७५

पालु– इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार आएको शक्तिशाली भूकम्पपछि गएको पहिरोमा परी डुबेको एक चर्चबाट दर्जनौँ विद्यार्थीको शव निकालिएको छ । 

पहिरोबाट प्रभावित यस चर्चमा फसेका विद्यार्थीहरुको खोजीकार्य व्यापक रुपमा जारी राखिएको थियो । सो कुराको जानकारी यहाँस्थित रेडक्रसले दिएको छ । 

इन्डोनेसियाको रेडक्रसका प्रवक्ता आउलिया एर्रिआनीले एएफपी समाचार समितिलाई सो चर्चको भग्नावशेषबाट करिब ३४ जना विद्यार्थीको शव निकालिएको बताएका छन् । भूकम्पपछि गएको पहिरोले प्रभावित यस चर्चमा ८६ विद्यार्थी वेपत्ता भएका छन् । 

इन्डोनेसियामा गत शुक्रबार आएको भूकम्प र त्यसपछिको सुनामीबाट प्रभावितमध्ये करिब २ लाख व्यक्तिलाई तत्काल सहयोगको आवश्यकता रहेको पनि एक समाचारमा जनाइएको छ । प्रभावितमध्ये ४६ हजार जना बालबालिका रहेका छन् भने अरु १४ हजार वृद्धवृद्धा रहेका छन् । 

इन्डोनेसियाको तटीय सहर पालुमा शुक्रबार ७।५ म्याग्निच्यूडको शक्तिशाली भूकम्पबाट १ हजार २३४ व्यक्तिको मृत्यु भईसेकेको छ । इन्डोनेसियामा गएको भूकम्पको कारण तटीय क्षेत्रमा रहेको पालु शहर बढी प्रभावित भएको छ । 

यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो । –एएफपी 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप