बसबाट खसेका बस्नेतको मृत्यु
सुर्खेत– चलिरहेको बसबाट खसेका ५० वर्षीय पदम बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ । बस्नेत भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत निवासी हुन् ।
सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७०२४ नं को बसको ढोकामा झुण्डिएर यात्रा गरिरहेको र सोही दिशाबाट आएको लु १ ख ४६०२ नं को ट्रकले उछिन्ने क्रममा उनी ढोकाबाट खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार बसको ढोकाबाट खसेका बस्नेतको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको उनले बताए ।
शव परीक्षणका लागि क्षेत्रीय अस्पतालमा राखिएको छ । बस तथा ट्रक चालक दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी