शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलालीमा दसैँ तिहार लक्षित विशेष सुरक्षा योजना सार्वजनिक

बुधबार, १७ असोज २०७५, १७ : १३
बुधबार, १७ असोज २०७५

धनगढी – जिल्ला प्रहरी कार्यालय कैलालीले दसैँ तिहारमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना ल्याएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलनको गर्दै विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो ।

हिन्दुहरुको महान चाँड दसैँ र तिहारमा नागरिकले हर्षोल्लासका साथ मनाउन र कुनै दुःख कष्ट भोग्न नपरोस भनेर विशेष सुरक्षा योजना ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख बिनोद घिमिरेले बताए ।

सुरक्षा योजना अनतरगत चोरी,ठगी,लुटपाट र यात्रुको सुरक्षामा केन्द्रीत रहेर योजना कार्यान्वन गरिने र सरकारी सम्पतिको सुरक्षा तिहारमा ल्याइने बिष्फोटक पदार्थ र ट्राफिक नियम उल्लंघनका घटनामा पनि निगरानी बढाइ शान्ति सुरक्षालाई थप मजबुत पारिने उनले बताए ।

पत्रकार सम्मेलनमा भारतबाट नेपाल फर्कने नेपाली नागरिकलाई सहयोग गर्न हेल्पडेस्क निर्माण गरेको भन्दै प्रहरीले हेल्पडेस्कको माध्यमले कुनै समस्या भए समाधान हुने जनाएको छ । हेल्पडेस्कहरु त्रिनगर भन्सार,अत्तरिया बसपार्क र लम्कीमा राखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सुरक्षा अवस्था मजबुत बनाउन साईकल गस्ती,मोटरसाइकल गस्ती र मोवाइल गस्ती पनि गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चाड पर्वका बेला घटना घटाउन सक्ने प्रहरीको रेकर्डमा रहेका ब्यक्तिहरुको पनि खोजी कार्य गरिरहेको प्रहरी प्रमुख घिमिरेले बताए । 

त्रिनगर भन्सारमा सुरक्षाका लागि तालिम प्राप्त दुई ओटा कुकुर सहितको टोलीबाट कडा चेकजाँच गरिने पनि उनले बताए । सुरक्षालाई मध्यनजर गर्दै तीन ओटा फोन नम्बर १००,१०४,५२१०८६ लाई क्रियाशिल बनाएको जनाएको छ ।

ट्राफिक प्रहरीसंग संयुक्त गस्ती गरी मादक पदार्थ सेवन गरि सवारी चलाउने चालक र बढी दररेट लिने, यात्रुसुची समेतलाई निगरानी गरी यात्रा व्यवस्थित गराउन भूमिका खेल्ने पनि सुरक्षा योजनामा उल्लेख गरिएको छ । 

अत्तरियादेखि स्याउले र चिसापानीसम्म टाइमकार्ड राखिएको र यात्रु बाहक बसमा ब्यापारिक सामानको कडाई गरिनुका साथै महत्वपूर्ण प्रतिष्ठानहरुको सुरक्षा गरिने प्रहरीले जनाएको छ । राजमार्ग, बजार क्षेत्र,जंगलमा सादा पोशाकमा प्रहरी परिचालन गरी शान्ति सुरक्षालाई मजबुत पारिने योजनामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप