बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सूर्यकुमार क्षेत्री दोश्रो राष्ट्रिय अन्तर मिडिया पिनाकल फुटसल कप हुने

शुक्रबार, ०६ साउन २०७४, १६ : ५३
शुक्रबार, ०६ साउन २०७४

काठमाडौं– स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको सम्झनामा आगामी साउन २६, २७ र २८ गते सूर्यकुमार क्षेत्री दोश्रो राष्ट्रिय अन्तर मिडिया पिनाकल फुटसल कप–२०७४ आयोजना हुने भएको छ ।

खेल क्षेत्रको विकाससँगै स्वर्गीय पत्रकार क्षेत्रीको परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ फुटसल कपआयोजना गर्न लागिएको आयोजक गोलपोष्ट स्पोट्स एन्ड ट्रेनिङ सेन्टरले पत्रकार सम्मेलन गर्दे जानकारी दिएको छ । 

प्रतियोगिता, आयोजक संस्था गोल पोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरको फुटसल मैदान ललितपुरको भैंसेपाटीमा साउन २६ गते विहान ८ बजेबाट हुनेछ । 
प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार नगद पुरस्कारसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने छ भने द्धितियलाई रु २५ हजार सहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने छ । 

त्यस्तै फेयर प्ले टिमलाई पनि पुरस्कार प्रदान गरिने छ । प्रतियोेगितामा काठमाडौं उपत्यकामा रहेका सबै सञ्चार माध्यमहरुले भागलिन सक्ने आयोजकले जनाएको छ । पत्रकार एवम् गीतकार क्षेत्रीको ब्रेन ट्युमरका कारण निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप