शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वाणिज्य बैंक कर्मचारी संघले मनायो २८ औं वार्षिकोत्सव

शुक्रबार, ०६ साउन २०७४, १७ : ५७
शुक्रबार, ०६ साउन २०७४

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको २८ औं वार्षिकोत्सव विविध कार्यक्रमकाबीच सम्पन्न भएको छ । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले २८ औं वार्षिकोत्सब मुल कार्यक्रमको उद्घाटन गरेकी हुन् । 

उपाध्यक्ष शाक्यल संघिय गणतन्त्रको अवस्थामा आन्दोलनका स्वरुप परिवर्तन गर्नुपर्छ भन्दै ट्रेड यूनियन आन्दोलनमा मजदुर र ब्यवस्थापनबीचको समस्या वार्ता र छलफलबाटै समाधान गरिनुपर्ने बताइन् । 

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालकका अध्यक्ष बेद बहादुर लावतीको अध्यक्षतामा आयोजीत कार्यक्रममा पेसागत महासघं नेपालका उपाध्यक्ष शंकर सुवेदी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ अध्यक्ष नारायण प्रसाद सुवेदी, प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, कर्मचारी संघ नेपालका पूर्व अध्यक्ष कमल खरेल, शिव कुमार अधिकारी, नेपाल वित्तीय संस्था कर्मचारी संघ, रावा बैंकका उपाध्यक्ष दिनेश बिक्रम थापा, नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव अशोक शिवा, राष्ट्रिय कर्मचारी संगठनका, नेपालका उपमहासचिव उभार पाण्डले शुभकामना मन्तब्य ब्यक्त गरे । सो अवसरमा ८६ जना बैंक कर्मचारीहरुले रक्तदान गेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप