शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा रोवोट प्रतियोगिता हुने

शुक्रबार, ०६ साउन २०७४, १८ : ०४
शुक्रबार, ०६ साउन २०७४

काठमाडौं– व्यवसायिक अनुसन्धान तथा विकास कन्द्रले आगामी मंसिर १५ गते देखि १७ गतेसम्म राष्ट्रिय रोवट प्रतियोगिताको नयाँ संस्करण ‘इअसं रोबोकन २०१७ उज्यालो नेपाल’ आयोजना गर्ने भएको छ । 

विकासका लागि ऊर्जा भन्ने भाव सहित आयाजना हुन लागेको प्रतियोगितामा इन्जिनियरिङ कलेज तथा पोलिटेक्निकहरुलाई खुला हुने जनाइएको छ । शुक्रबार राजधानीमा आयोजित सो सम्वन्धी जानकारी कार्यक्रममा उज्याले नेपाल यो वर्षको रोवट प्रतियोगिताको नारा रहेको जनाइएको छ । 

विकासमा युवा सहभागिता सहित उर्जाको प्रयोग र यसको कार्यक्षमता वृद्धि सम्वन्धी ज्ञान अपरिहार्य भएको आयोजकको भनाइ छ । यसअघि पनि ७ पटक रोवोट प्रतियोगिता भइसकेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप