शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएईमा खुल्यो प्रेस युनियनको शाखा

शुक्रबार, ०६ साउन २०७४, १८ : १४
शुक्रबार, ०६ साउन २०७४

युएई– नेपाल प्रेस युनियनको शाखा युएईमा गठन भएको छ ।

युएईमा क्रियाशील पत्रकार निर्भिक नारायण भुर्तेलको अध्यक्षतामा गत मे १२ का दिन तदर्थ समिति गठन गरिएको थियो । उक्त तदर्थ समितिलाई नेपाल प्रेस युनियनको जेठ २२ गते बसेको केन्द्रीय समितिको बैठकले शाखाको रुपमा मान्यता प्रदान गरेको थियो । 

यो लगतै प्रवासमा गठन भएका शाखाहरुमध्य यो शाखा नै पहिलो शाखा रहेको तदर्थ समितिका अध्यक्ष भुर्तेलले जानकारी दिए । भुर्तेलको अध्यक्षतामा ७ सदस्यीय समितिमा उपाध्यक्ष दुशवी भट्टराई, सचिव राम कुमार परियार, सहसचिव माधव प्रसाद न्यौपाने , कोषाध्यक्ष कमल न्यौपाने, सदस्यहरुमा शिव डि सुवेदी र हरी खड्का रहेका छन् । शाखाको अधिवेशन आगामी असोज १८ मा हुने जानकारी दिइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप