शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको एरिजोनामा नेपाली ढाका पहिरनको बुटिक

शुक्रबार, ०६ साउन २०७४, १८ : ३९
शुक्रबार, ०६ साउन २०७४

काठमाडौं– नेपाली फेसन डिजाइनर कल्पना योङहाङले आफ्नो ढाकाको पहिरनहरुको  शोरुम अमेरिकाको एरिजोना सिटीमा स्थापना गर्न सफल भएकी छन् । 
केही साताअघि ढाका प्रवद्र्धनकै क्रममा अमेरिका पुगेकी कल्पनाले ‘द हाइल्याण्ड आर्ट’अन्र्तगत नै ‘कल्पना ढाका बुटिक’को शोरुम अमेरिकाको एरिजोन सिटीस्थित ‘टक्सन मल’मा खोल्न सफल भएकी हुन् । 

एरिजोनामा शोरुम स्थापनासँगै कल्पना ढाका बुटिक अब अनलाइनमा पनि आएको छ । अनलाई मार्फत विश्वका कुनै पनि कुनाबाट ढाका कपडा तथा पहिरन आफूले चाहेजस्तै अर्डर गर्न सकिने कल्पनाले बताइन् । कल्पनालाई टक्सनमा कल्पना ढाका बुटिकको शोरुम सञ्चालनमा ल्याउन इक्शा लिम्बू खेवालेसाथ दिएकी छन् ।

इक्शा लामो समयदेखि एरिजोनामा रहेर अनलाइन व्यापार गर्दै आएकी छन् । एरिजोनामा कल्पना ढाका बुटिकको शोरुम सञ्चालनसँगै नेपाली परम्परागत ढाका पहिरनको प्रर्वद्धनमा आफूलाई थप सहयोग पुगेको कल्पनाले सुनाइन् । अनलाइनमा कुरा गर्दै द हाइल्याण्ड आर्ट तथा ढाका बुटिककी प्रोपाइटर कल्पनाले भनिन्, ‘अमेरिकामा पनि ढाका पहिरनको व्यवसायिक सम्भावना राम्रो पाएँ ।’ 

हुन पनि आधुनिककरणको विकास र विश्व फेसन बजारमा आएको क्रान्तिबीच कल्पनाले हाते तानबाट बुनेको नेपाली ढाका पहिरनलाई पनि स्थापित गर्न सफल हुँदै आएकी छन् । कुनै समय ढाका भन्नेवित्तिकै पुर्वेली विशेषगरी राई, लिम्बू तथा ‘किराती पहिरन’को घेराभित्र समित राखिथ्यो । तर, अहिले आमनेपालीले मात्र नभएर विश्वमै ढाका पहिरन चलनचल्तीमा आउन थालेको छ । सेलिब्रेटीका लागि समेत ढाका परिहन रोजाई बन्न थालेको छ । 

काठमाडौको गोकर्णबाट करिब ढेड दशकअघि सुरु भएको द हाइल्याड आर्ट तथा कल्पना ढाका बुटिकको दायरा बेल्जियम, सिंगापुर, अमेरिका हुँदै अनलाइनमार्फत ग्लोबल बनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप