शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आत्मरक्षाका लागि महिला स्वयम तयार हुन जरुरी छः मुख्यमन्त्री भट्ट

शनिबार, २० असोज २०७५, १८ : ५४
शनिबार, २० असोज २०७५

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने महिला हिंसाका घटनामा कमी ल्याउन महिला स्वयम तयार हुनु जरुरी रहेको बताएका छन् । 

राष्ट्रिय गोजुरियो कराते दो सङ्घ नेपालले आज धनगढीमा आयोजना गरेको महिलाका लागि सातदिने आत्मरक्षा शिविरको उद्घाटन गर्दै उनले भने, ‘आधा धर्ती र आधा आकाश ओगटेर बसेका महिला जो आज समाजमा पीडित छन्, उपेक्षित छन्, हिंसामा छन्, तीनै महिलाको स्वाभिमान र आत्मरक्षा जोगाउन दृढ भएर लाग्न आवश्यक छ ।’ 

समारोहमा सामाजिकमन्त्री दीर्घबहादुर सोडारीले महिला हिंसा न्यूनीकरणका लागि सामाजिक न्यायसहितको समाज निर्माणमा प्रदेश सरकारबाट अधिकतम प्रयत्न गरिने बताए । 

राष्ट्रिय गोजुरियो कराते दो सङ्घ नेपालका केन्द्रिय महासचिव प्रकाशकुमार चन्दले महिलाको लागि सात दिने आत्मरक्षाको तालिमबाट महिलामा आत्मविश्वासको अभिवृद्धि भई बलात्कार र हिंसाजस्ता अपराधिक घटनामा कमी आउने विश्वास व्यक्त गरे। 

यो आत्मरक्षा शिविर सुदूरपश्चिमको धनगढीबाट आजदेखि शुरु भई असोज २६ गते प्रदेश नं १ को बिर्तामोडमा समापन गरिने जनाइएको छ । आत्मरक्षा तालीममा सहभागीका लागि करीब एक हजार ७०० भन्दा महिला तथा बालबालिकाले फाराम भरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप