शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आइआइएमएस दशैं कार्निभल सम्पन्न

आइतबार, २१ असोज २०७५, १९ : १९
आइतबार, २१ असोज २०७५

काठमाडौं । आइआइएमएस कलेजद्वारा दशैं कार्निभल तथा नेपाल फूड फेस्टिभलको रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपालका ७ वटै प्रदेशका पारम्पारीक भोजनहरुलाई समावेश गराइनुका साथै विभिन्न स्टलहरुबाट विविध मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो ।

फूड स्टलहरुमा राखिएका परिकारहरुमा तराइको भक्का, नेवारी खाजा, दुप्का, सुदुर पश्चिमको छाच तथा पाल्पाली खानामा दर्शकहरुको उल्लेखनिय घुँइचो देखिएको थियो ।

कार्यक्रमको थप आकर्षण विभिन्न सस्कृती झल्काउने प्रस्तुतिहरु दुर्गा नाच, कुमारी, घिमे नाच, लाखे नाच, मारुनी नृत्य, कौडा नाच, हुडकेली नाच तथा विद्यार्थीहरुका विविध सांगीतिक प्रस्तुतीहरु रहेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुद्वारा नेपालका विभिन्न जनजातीहरुका सस्कृति र भेषभुषा चिनारी गराउने उद्देश्यले कल्चरल र्याम्प वाक पनि गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप