शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागीबाट  ६ लाखको क्षति

सोमबार, २२ असोज २०७५, १० : २५
सोमबार, २२ असोज २०७५

मोरङ–मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित छत्रपाल राईको घरमा गएराति भएको आगलागीमा रु छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । 

राति करीब १० बजेको समयमा खोले पकाउने चुल्होबाट आगो सल्किँदा घर पूर्ण रूपमा नलेर नष्ट भएको हो । 

आगलागीबाट टिनको छानो भएको काठको घर, ४० मन धान, चार मन चामल, चार मन तोरीसहितका खाद्यान्न जलेर नष्ट भएको घरधनी राईले बताए । 

स्थानीयवासीले आगो नियन्त्रणमा लिइसकेपछि दमक र इटहरीको दमकल आइपुगेको थियो ।

 आगलागीबाट एउटा बाच्छी मरेको तथा एउटा गाई र एउटा खसी घाइते भएको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट (बाँस्तोला), वडाध्यक्ष यामप्रसाद गुरागाईंसहितका जनप्रतिनिधिले आज बिहानै आगलागीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप