कविता : मेरो देशको नमीठो राजनीति
-प्रकाश पुन
कोही इतिहास दोहोर्याउँछु भन्छ
कोही इतिहास बिर्सन्छ
पार्टी, सङ्गठन भताभुङ्ग
तर पनि देश बनाउँछु भन्छ
यही हो मेरो देशको तीतो नमीठो राजनीति ।
तिथि, मिति जुरायो
यता उति नीति मिलायोे
विकासको बजेट जम्मै खल्ती भरी
र पनि उस्कै कुरा ठूलो ,
विकास भएन विकासको जागरन चलाउँछु भन्छ
यो मेरा देशको नुनिलो नमीठो राजनीति ।
पार्टी सङ्गठन बाउबाजेको बिर्ता सम्झन्छ
एजेन्डा खै कहाँ गए थाहा छैन
र पनि आन्दोलनमा धन सम्पत्ति साट्दै अधिकार दिलाउँछु भन्छ
यस्तै छ मेरो देशको अमिलो नमीठो राजनीति ।
दुई चार जना भेला गफगाफ कुरा काट्यो
सके दुई चार ठाउँबाट सहयोग चन्दा उठायो
सङ्गठन हो या लुटुवा व्यापारको थलो
तर पनि उसकै ठूलो कुरा देश नै चलाउँछु भन्छ
यही हो वास्तविक मेरो देशको गुलियो नमीठो राजनीति ।।
भए जति सबै राम्रो उसैलाई चाहिने
पार्टी सङ्गठनमा सबै हैकम जमाउनुपर्ने
भए जति पदमा सके जति समय आफैले विताउनुपर्यो
र पनि समानता र अरूको हकमा लडाइँ चलाउँछु भन्छ
मेरो देशको गुलियो नमीठो राजनीति ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर
-
कर्णालीमा समाजवादीले मुख्यमन्त्रीलाई मत दिने