केन्द्रीय संस्करण

३० वर्षसम्म ढोका अड्काउन प्रयोग गरेको ढुङ्गा उल्कापिण्ड थियो, मूल्य एक करोड बढी

person access_timeअसोज २३, २०७५ chat_bubble_outline0

अमेरिकाको मिशिगनमा बस्ने एक व्यक्ति तीस वर्षसम्म आफ्नो ढोकालाई १० किलोको एउटा ढुङ्गाको टुक्राले अड्याएर बन्द गरिरहे । अब त्यो ढुङ्गा उल्कापिन्ड भएको पत्ता लागेको छ ।  यसको मूल्य एक लाख डलर (एक करोड रुपैयाँ बढी) आँकलन गरिएको छ । यसका मालिकले सन् १९८८ मा आफ्नो सम्पत्ति बेचेका बेला उक्त उल्कापिन्ड उपहारस्वरुप पाएका थिए ।

सन् १९३० को दशकमा भेटिएको थियो उल्कापिन्डः

उल्कापिन्डका पुराना मालिकका अनुसार सन् १९३० को दशकको एक रात उनले उक्त पत्थर खेतमा खन्नेबेला भेटे जुन निकै तातो थियो  ।

यता नयाँ मालिक डेभिड माजुरेकले भने उक्त पत्थरको आकार ढोका अड्काउनका लागि ठिक्क भएको सोचेर यसैका लागि प्रयोग गर्न थाले । गत जनवरीमा उल्कापिण्डहरु हज्जारौं मूल्यमा बिकिरहेको रिपोर्ट देखेपछि आफूसँग भएको अचम्मको ढुङगा पनि कतै उल्कापिण्ड त होइन भन्ने जिज्ञासासहित उनी युनिभर्सिटी अफ इक्ज्यामिनेशनमा पुगेको उनले बताए । 

 त्यहाँकी जियोलोजीकी प्राध्यापक मोनालिसा सर्बेस्कु यसको आकार देखेर चकित भइन् । उनले पत्थरको एक्सरे फ्लोरेन्सबाट परिक्षण गर्ने निर्णय गरिन् ।

उक्त पत्थरमा ८८ प्रतिशत फलाम, १२ प्रतिशत निकल र केही मात्रामा भारी धातु इरिडियम, ग्यालियम र सुन पनि भएको अनुसन्धानमा पत्ता लाग्यो ।

प्राध्यापक भन्छिन्, मैले यति मूल्यवान पत्थर आफ्नो जीवनमा देखेकी थिइनँ । सौर्यमण्डलको कुनै टुक्रा खसेर मेरो हातमा आएको जस्तो महसुस भयो । उल्कापिन्डमा ९० देखि ९५ प्रतिशत फलाम नै हुन्छ ।'

एडमोर उल्कापिन्ड नाम राखियोः

उक्त ढुङ्गालाई एडमोर उल्कापिन्ड नाम दिइएको छ किनभने यो एडमोरमा नै खसेको थियो । उल्कापिन्डको नमूना क्यालिफोर्निया युनिभर्सिटीको प्लेनेटरी–साइन्स डिपार्टमेन्ट पठाइएको छ ताकि त्यसको रासायनिक संघटन जाँच्न सकियोस् ।

सबैभन्दा ठूलो उल्कापिण्ड ६ हजार ६ सय किलोको थियोः

धर्तीको सबैभन्दा ठूलो उल्कापिन्ड नामिबियाको होबामा भेटिएको थियो । यसको तौल ६ हजार ६ सय किलो थियो । वैज्ञानिकको मान्यता अनुसार यो करिब ८० हजार वर्ष पहिले धर्तीसँग ठोक्किएको थियो । यसमा पनि धेरैजसो फलाम र निकल नै थियो ।

मंगल र वृहस्पतीका बीच विभिन्न क्षुद्रग्रह चक्कर लगाइरहेको छ । यसका टुक्रालाई नै उल्का भनिन्छ । धेरै पटक उल्का धर्तीको कक्षमा पनि प्रवेश हुने गर्छ । वायुमण्डलका कारण साना उल्का जलेरै नष्ट हुन्छन् जबकी ठूला उल्कापिण्ड धर्तीसँग ठोक्किने गर्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ