शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बझाङमा जीप  दुर्घटना, २ जनाको मृत्यु १२ घाइते

मङ्गलबार, २३ असोज २०७५, ११ : ३४
मङ्गलबार, २३ असोज २०७५

सम्राट सिंह 

बझाङ । जिल्लाको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

आज बिहान बागथलाबाट बिजगडा जाने क्रममा ठिमीबगर भन्ने ठाउँमा  साढे ६ बजे से १ ज ७२६ नम्बरको  जीप दुर्घटना हुँदा २ जनाको मृत्यु र १२ जना घाइते भएका हुन् ।

मृत्यु हुनेमा कञ्चनपुर बेदकोट वडा नम्बर ५ बस्ने बर्ष ५६ का  धन बहादुर बोहरा र सोही ठाउँका बर्ष ६५ की बिष्ना देवि बोहरा रहेको प्रहरीले जनाएको छ । 

जीपमा सवार गर्दै आएका १४ जना मध्ये  २ जनाको घटनास्थलमै मृत्यु भएको र जम्मा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविण धितालले बताए । 

जीप सडकभन्दा २०० मिटर तल खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप