बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : मेची-महाकाली आमाको काख

शनिबार, ०७ साउन २०७४, ०८ : ५२
शनिबार, ०७ साउन २०७४

-विष्णु सिंह (बैजु)

हुँदैन् मुलुक सम्पन्न कुनै
माग्दछ मेहनत र पशिना ।

पौरख गर्न रोक्दैन कसैले
आँधी आवस वा आसिना ।

साना भाईबहिनी आमा रुलाई,
प्रियशिको माया भुलाई ।
आप्रवाशिको पिडा बोकी,
प्रवासको मोह उनलाई ।

घर–आँगन त्यागी
प्रदेशमा बसी,
किन गर्छौ बिलौना,
स्वदेश सम्झी साथी ।

दुखेको भए तिम्रो मन,
वहाँ छ्न तिम्रा आफ्नो जन ।आउ मलम लगाउ,
चराइरहेको मनका घाउ ।

लगाव भए देशको,
त्याग मोह बिदेशको ।
माया भए चाहिन्न,
फर्कन आदेश कसैको ।

सुन्दर देशमा बस्न बास,
छैन अहिले केहि त्रास ।

फैलाएकी छ्न आमा ले
मेची–महाकाली आफ्नो काख ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप