शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘बामदेवको लागि दबाबमा सीट खाली गरेको होइन’

मङ्गलबार, २३ असोज २०७५, १६ : ३९
मङ्गलबार, २३ असोज २०७५

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर–७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले आफूले कसैको दबाबमा आएर सचिवालय सदस्य वामदेव गौतमको लागि सिट खाली गर्न नलागेको स्पष्ट पारेका छन् ।

सोमबार बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई काठमाडौँको क्षेत्र नम्बर ७ बाट उपनिर्वाचनबाट संसदमा भित्र्याउनेबारे छलफल भएको थियो ।

यसबारेमा विभिन्न टिकाटिप्पणी हुन थालेपछि मानन्धर मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर स्पष्टिकरण दिएका हुन् ।

सांसद मानन्धरले पार्टीमा राजीनामा पत्र बुझाइसकेको जानकारी दिँदै भने, ‘मैले कसैको दबाबमा आएर राजीनामा दिन लागेको होइन, मैले आफैले वहाँलाई मेरो क्षेत्रबाट प्रस्ताव गरेको हुँ ।’
यसअघि विभिन्न ठाउँबाट गौतमलाई उठाउने तयारी गरिएपनि त्यो सफल हुन सकेको थिएन ।

‘वहाँ पार्टीका सिनियर नेता हुनुहुन्छ । पार्टीमा धेरै दुःख गर्नुभएको छ,’ मानन्धरले भने, ‘काठमाडौँ क्षेत्र नम्बर ७ को विकासका लागि मैले वहाँलाई ठाउँ खाली गर्न लागेको हुँ ।’

उनले पार्टीलाई बुझाएको राजीनामाको बारेमा पार्टीमा भोलि छलफल हुने र त्यहाँबाट निर्णय भएपछि सभामुखलाई औपचारिक राजीनमा बुझाउने पनि जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप